कांग्रेसको १६ जिल्लामा अधिवेशन स्थगित(जिल्लाको नाम सहित)

फाइल फोटो

काठमाण्डौ, १६ मंसीर । नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले विहिवार विज्ञप्ति निकालेर अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरिएको जानकारी दिएको हो ।
बाँकी रहेका जिल्लामा १४ औँ महाधिवेशनपछि मात्रै अधिवेशन गर्ने निर्णय भएको छ ।

कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत अहिलेसम्म ६१ जिल्लामा जिल्ला अधिवेशन सकिएको छ । नेपाली कांग्रेस केन्द्रिय निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी रहेका जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, नवलपरासी पूर्व, बाँके, कैलाली र अछाम छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १६ गते बिहिवार
प्रतिक्रिया