काँग्रेसको ५३ जिल्लाको परिणाम सार्वजनिक

फाईल फोटो

काठमाण्डौ, १३ मंसीर ।नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अहिलेसम्म ५३ जिल्लाको परिणाम आएको छ । जसमध्ये बरिष्ठ नेता रामचन्द्र पौडेल निकट २६ जनाले जिल्ला सभापतिमा निवार्चित भएको काँग्रेस सुचना केन्द्रले जनाएको छ ।

संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा निकट २१ जना सभापतिहरू निर्वाचित भएका छन् । पूर्वमहामन्त्री कृष्ण सिटौला निकट एक जना सभापति निर्वाचित भएका छन् भने उपसभापति बिमलेन्द्र निधि निकट एक जना सभापतिले जित निकालेका छन् । सर्वसम्मत रूपमा सभापति बनेका २ जिल्ला सभापतिले आफ्नो पक्षधरता खुलाएका छैनन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १३ गते सोमवार
प्रतिक्रिया