दाङमा कांग्रेस निर्वाचन : सभापतिमा पुनः मतदान हुने, उपसभापतिमा भारती र सुवेदी निर्वाचित

फाईल फोटो

तुलसीपुर, १२ मंसीर । नेपाली कांग्रेस दाङको नेतृत्व चयन गर्नका लागी फेरी मतदान हुने भएको छ । शनिवार भएको मतदानमा सभापतिका उम्मेदवार चार जना मध्ये कसैले पनि ५१ प्रतिशत मत लिन नसक्दा फेरी मतदान हुन लागेको नेपाली कांग्रेस जिल्ला निर्वाचन समिति दाङका प्रवक्ता युवराज बस्नेतले जानकारी दिनुभयो । जिल्लामा दुई हजार एक सय ९२ जम्मा मतदाता रहेकोमा शनिवार भएको मतदानमा दुई हजार एक सय ३८ मत खसेको थियो ।नेपाली कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन लागी ५१ प्रतिशत मत लिनु पर्ने प्रावधान रहेको समितिले जनाएको छ ।

तर कसैको पनि ५१ प्रतिशत मत नआएको हुदा चार जना उम्मेदवार मध्ये सवै भन्दा धेरै मत प्राप्त गर्नुभएका शंकर डाँगी र भुप बहादुर डाँगी बिच फेरी प्रतिष्प्रर्धा हुने भएको हो । गएराती अवेर सकिएको मतगणनामा सभापतिमा शंकर डाँगीले ७७६ र भुप बहादुर डाँगीले ५४६ मत प्राप्त गर्नुभएको छ । अन्य दुई जना प्रत्यासी कमलकिशोर घिमिरे र जानकीलाल बस्नेतको मत थोरै प्राप्त भएको समितिले जनाएको छ । सभापतिमा निर्वाचित हुनेले कम्तिमा एक हजार भन्दा बढि मत लिनु पर्नेछ ।

यस्तैगरी उपसभापतिमा कमानसिंह भारती र गिरीराज सुवेदी निर्वाचित हुनु भएको छ । सचिवमा अर्जुनकुमार योगी र बालिका लम्साल , सहसचिवमा राजु आचार्य र सुवोध कुमार डाँगी निर्वाचित हुनु भएको छ । अन्य सदस्यहरुको मतगणना आईतवार विहान देखी सुरु भएको समितिले जनाएको छ । जिल्ला निर्वाचन समितिका अनुसार जिल्लाको नेतृत्वका लागी ५२ पदमा ११७ जनाले मनोनयन दर्ता गराएका थिए । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत दाङ जिल्लाको नेतृत्वका लागी शनिवार भएको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार
प्रतिक्रिया