दाङमा कांग्रेसको मतगणना सुरु

फाईल फोटो

तुलसीपुर, ११ मंसीर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत कांग्रेस दाङको मतगणना सुरु भएको छ । जिल्ला नेतृत्व चयनका लागि शनिवार मतदान भएको थियो । जिल्लामा २ हजार १ सय ९२ मतदाता रहेकोमा २ हजार १ सय ३८ मत खसेको नेपाली काग्रेस जिल्ला निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार भरखरै देखी मतगणना सुरु भएको हो । घोराही उपमहानगरपालिका १५ भरतपुर स्थीत पदमोदय पब्लिक नमूना माध्यमिक विद्यालयमा भएको मतदान पश्चिात आचारसंहिता निर्माण गरी मतगणना सुरु भएको समितिले जनाएको छ ।

तिन स्थानमा मतगणना सुरु भएको छ । मतगणना राती १ बजेसम्म सक्ने गरी तयारी गरेको समितिले जनाएको छ । नेपाली कांग्रेस दाङको जिल्ला नेतृत्वका लागि वर्तमान सचिव शंकरप्रसाद डागी,पुर्व जिल्ला सचिव कमल किशोर घिमिरे,कांग्रेस नेता जानकीलाल बस्नेत र क्षेत्र न २ का निवर्तमान क्षेत्रीय सभापति भुपबहादुर डाँगी गरी चार जना चुनावी मैदानमा रहेका छन ।

प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार
प्रतिक्रिया