दाङ्गबाट पाण्डे सहित केन्द्रीय सदस्यका आकांक्षीहरु, सर्वसम्मत भए अवरोध हुँदैन

 

तुलसीपुर । नेकपा एमाले दशौ महाधिवेशनमा दाङ्गबाट केन्द्रीय सदस्यका आकांक्षीहरु आधा दर्जन देखिएका छन् । यस्ता आकांक्षीहरुमा नगरप्रमुख घनश्याम पाण्डेदेखि राष्ट्रिय सभा सदस्य कोमल वलीसम्मका रहेका छन् ।

एमाले नेतृत्वले सर्वसम्मतको प्रयास गरे कुनै अवरोध नगर्ने गरी निर्वाचनका लागि उनीहरुले उम्मेदवारी दिने आकांक्षा देखाएका छन् । यसरी आकांक्षा राख्नेहरुमा खुला तर्फ तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, एमाले सचेतक शान्ता चौधरी, घोराही नगरपालिका प्रमुख नरुलाल चौधरी, जिल्ला अध्यक्ष टिकाराम खड्का, पूर्व अध्यक्ष लक्ष्मण आचार्य, प्रतिनिधि सभा सदस्य गंगा चौधरी, राष्ट्रिय सभा सदस्य कोमल वली लगायतका रहेका स्नाेतले बतायाे ।

“सर्वसम्मतिको प्रयास भएमा मेरो तर्फबाट कुनै पनि अवरोध हुनेछैन तर सर्वसम्मतको प्रयास हुँदा म माथि न्याय हुन्छ जस्तो लागेको छ ” आकांक्षी मेयर पाण्डेले बताए । उनले निर्वाचन प्रक्रियामा अगाडी बढ्नका लागि आफु तयार भएको पनि जानकारी दिए ।

जिल्ला अध्यक्ष टिकाराम खड्का पनि सर्वसम्मतको प्रयास भएमा सहयोग गर्ने वताए । एमालेको अन्तिम केन्द्रीय कमिटि बैठकले पदाधिकारीदेखि सदस्यसम्म थप गरेर सर्वसम्मत गर्ने प्रयास गरेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार
प्रतिक्रिया