तुलसीपुरमा कात्तिक ४ गतेदेखी विद्यालय संचालन हुने, अब शुक्रवार पनि पुरा पिरिएड पढाई

सांकेतिक तस्विर

तुलसीपुर, ३० असोज । तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा आउदो कात्तिक ४ गतेदेखी विद्यालय खुल्ने भएका छन् । यस अघि तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले भोलि (आईतवार) देखी सम्पुर्ण विद्यालय खुलाउने सुचना सार्वजनिक थियो । तर उक्त निर्णय समय सापेक्ष नभएको भन्दै विरोध भएपछि तुलसीपुर उपमहानगरपालिका कार्यालयले निर्णय सच्याउदै कात्तिक ३ गते सम्म तुलसीपुर क्षेत्रका सम्पुर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।सोहि अनुसार विद्यालय कात्तिक ४ गतेदेखी संचालनमा आउने शिक्षा शाखा अधिकृत चक्र भण्डारीले जानकारी दिनुभयो ।

यस अघि सवै सरोकारवालाहरु बिच छलफल गरी पढाईलाई प्राथमिकता दिदै छिटो विद्यालय खोल्ने निर्णय भएको उहाले बताउनुभयो । त्यस पछि फेरी नगरप्रमुखको उपस्थितिमा बैठक बसेर समय थप गरिएको हो ।साथै बैठकले अहिलेको विदालाई व्यवस्थापन हुने गरी आगामी दिनमा शुक्रवार पनि पुरा पिरिएड पठनपाठन गर्ने र महिनाको अन्तिम दिन पनि पुरा समय पठनपाठन गर्ने सहमती गरेको उहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ असोज ३० गते शनिवार
प्रतिक्रिया