समाज सल्याण परिषद्का पदाधिकारीहरुद्धारा सामुहिक राजीनामा

काठमाण्डौ,८ असोज ।समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवालाई उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन् । परिषद्मा काम गर्ने वातावरण नभएको र सरकारले हस्तक्षेप गरेको भन्दै सामूहिक राजीनामा दिएको उनीहरूले बताएका छन् ।

समाज कल्याण परिषद्का उपाध्यक्ष डा. पद्यप्रसाद खतिवडाका अनुसार सरकारले अनावश्यक हस्तक्षेप गर्ने र ह्यारेस्मेण्ट गर्न थालेको कारण सबै पदाधिकारीले सामूहिक राजीनामा दिएर मार्ग प्रशस्त गरिदिएको बताउनुभयो । उपाध्यक्ष खतिवडाका अनुसार प्रधानमन्त्रीका सचिवालयबाट आफूहरूलाई पटक पटक राजीनामा गर्न दबाब दिइएको र राजीनामा नदिए हटाउने तयारी भएको भन्दै धम्काउने गरिएको थियो । उपाध्यक्ष खतिवडाका अनुसार परिषद्मा राजनीतिक हस्तक्षेप बढेको र प्रधानमन्त्री शेर बहादुर देउवाको सचिवालयबाट पटक पटक राजीनामाका लागि दबाब दिएपछि मार्ग प्रशस्त गरिदिएको हो । यसबारे थप जानकारी दिन आज शुक्रबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको परिषद्ले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज ८ गते शुक्रवार
प्रतिक्रिया