एक हप्तामा सरकार बिस्तार हुने नेकपा एसका अध्यक्ष नेपालको भनाइ

काठमाण्डौ,३ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु एक हप्ताभित्र सरकारमा सहभागी हुने दोहो¥याउनुभएको छ ।

अध्यक्ष नेपालले हिजो पनि आफुहरु एक साता भित्रै सरकारमा सहभागि हुने बताउनुभएको थियो । आज पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केन्द्रसँगै लुम्बिनी प्रदेश सरकारमा पनि सहभागी हुने तयारी भइरहेको बताउनुभयो । प्रदेश १ र बाग्मतीमा सरकार परिवर्तनको तयारी गरिरहेको पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ असोज ३ गते आइतवार
प्रतिक्रिया