नयाँ बजेट नआउञ्जेल हिसाब भिडानमा केन्द्रित हुन सरकारको निर्देशन

काठमाण्डौ,३१ भदौ । सरकारले नयाँ बजेट नआउञ्जेल लेखापरीक्षण र वार्षिक हिसाब भिडानमा केन्द्रित हुन देशभरका कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) लाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयको निर्देशानुसार महालेखा नियन्त्रक कार्यालयले जिल्लास्थित कोष तथा लेखा नियन्त्रकहरूलाई आन्तरिक परिपत्र गरेको हो ।

अध्यादेश निष्क्रिय भएको र प्रतिस्थापन विधेयक स्वीकृत नभएकाले यतिखेर सरकार खर्च रिक्तताको अवस्थामा फसेको छ । प्रतिस्थापन विधेयक संसदबाट पारित र राष्ट्रपतिबाट अनुमोदन नभएसम्म सरकारले सञ्चित कोषबाट खर्च गर्न नपाउँने भएको छ । महालेखाले कोलेनिकालाई जारी गरेको आन्तरिक परिपत्रमा लेखेको छ, ‘आर्थिक वर्ष २०७८÷७९ को प्रतिस्थापन विधेयक स्वीकृत भइनसकेको तथा आर्थिक वर्ष २०७८÷७९ को विनियोजन अध्यादेश पनि २०७८ भाद्र ३० गते राति १२ बजेपछि निष्क्रिय भइसकेकाले सञ्चित कोषमाथि व्ययभार हुने बाहेकका कुनै पनि खर्च गर्न नमिल्ने भएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ३१ गते बिहिवार
प्रतिक्रिया