विगतमा अरुलाई गाली गरेर बिताएकोले अब सच्चिनु पर्नेमा अध्यक्ष प्रचण्डको जोड

काठमाण्डौ,३० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता कार्यकर्ताहरूले अब आफैंले आफैंलाई गाली गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार स्व. नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को सातौं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी पुनःनिर्माणको महान अभियानमा लागेकाले अब अरुलाई गाली गर्न छाडेर आफैंलाई गाली गर्नुपर्ने अबस्था आएको बताउनुभयो । अहिले पार्टी पुनःनिर्माणको महान अभियानतिर जानलागेको हुदा विगत ८, १० वर्ष अरुलाई गाली गरेर बिताएकोले आफैबाट सच्चिनुपर्ने धारणा राख्नुभयो । उहाँले विगत १५ वर्षमा पार्टीबाट सय जना मन्त्री बनेको र त्यसतिर बढी ध्यान गएको भन्दै अब पार्टी निर्माणमा ध्यान केन्द्रीत गर्ने बेला आएको बताउनुभयो ।

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार
प्रतिक्रिया