लुम्बिनी प्रदेश स्टानद्धारा आयोजित बतृत्वकला प्रतियोगितामा दाङका पाण्डे प्रथम

तुलसीपुर २७ भदौ । विज्ञान शिक्षक समाज नेपाल (स्टान) लुम्बिनी प्रदेशको आयोजनामा प्रदेशस्तरीय बतृत्वकला प्रतियोगितामा दाङका सलिना पाण्डे प्रथम हुनु भएको छ । नवौँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा भर्चुअल मार्फत आयोजित विज्ञान र प्रविधि, आजको आवश्यकता र चुनौती भन्ने शिर्षकको बतृत्वकला प्रतियोगितामा दाङको गोरखा मोडेल सेकेण्डरीका छात्रा सलिना पान्डे प्रथम हुनु भएको छ ।यस्तैगरी गोरखा सेकेन्डरी स्कुल तुलसीपुरका छात्र गौरब थापा द्वितीय र दाङ भ्याली इङ्लिश विद्यालय तुलसीपुरका छात्रा हाइसिन्थ साहु तृतीय र जनज्योति विद्यामन्दिर घोराहीका छात्रा बैभबी गौतम सान्त्वना हुनु भएको छ ।

उनीहरुलाई आउदो असोज १ गते स्टानको दिवसका अवसरमा आयोजित मुलसमारोहमा पुरस्कृत तथा प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमश : चार हजार, तिन हजार ,दुई हजार र एक हजार रुपैया उनीहरुको अभिभावकको बैंक खातामा रकम जम्मा गरिनेछ ।विद्यार्थीहरुले आफै रेकर्ड गरेर पठाएका भिडियोहरुलाई मूल्यांकन समिति मार्फत मूल्यांकन गरिएको हो । स्टान लुम्बिनी प्रदेशका सहसंयोजक तथा विज्ञान दिवस समारोह समिती लुम्बिनी प्रदेशका संयोजक यमनाथ पौडेलको अध्यक्षता एवं लुम्बिनी प्रदेश शिक्षा निर्देशनालयका प्रमुख टिकाराम अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको स्टान दाङका सदस्य तिलक साहुले जानकारी दिनुभयो ।

स्टान नवलपरासीका संयोजक कमल अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको भर्चुअल कार्यक्रमको सहजीकरण स्टान दाङका सचिव गिरीराज लम्सालले गर्नुभएको थियो ।सोहि अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश शिक्षा निर्देशनालयका प्रमुख अर्यालले विज्ञानको विकास र प्रर्वद्धनबाट मात्र वैज्ञानिक सोच पैदा गर्ने, चेतना र सन्देश प्रवाह गर्ने, विद्यार्थीहरुलाई विज्ञान प्रति आकर्षित गराउने र विज्ञान बिना देशको विकास हुन नसक्ने ठोकुवा गर्नुभयो । लुम्विनी प्रदेशले विज्ञान र प्रविधिको बारेमा गरेको कार्य प्रति प्रशंसा गदै उहाले विज्ञान र गणितको नतिजालाई प्रभावकारी रुपमा सुधारका लागि शिक्षक क्षमता अभिबृद्धि लगायत अझ जोड दिन आग्रह गर्नुभयो । प्रतियोगितामा प्रदेशका १२ जिल्लाका माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार
प्रतिक्रिया