राष्ट्रिय निकुञ्जमा पाटे बाघको बच्चा मृत फेला

काठमाण्डौ,२३ भदौ । चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनाको एक पाटे बाघको बच्चा मृत फेला परेको छ । निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत ढुङगरे खोलामा तीन महिनाको पाटे बाघको बच्चा मृत अवस्थामा भेटिएको हो ।

कार्यालयका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार बाघको बच्चा माउसँग छुट्टिएकोले भोकै भएर मरेको प्रारम्भिक अनुमान गरिएको छ । मृत भेटिएको डमरुको पोष्टमार्टम गरी थप परीक्षणका लागि नमूना भेटेनरी शाखा पठाइएको छ । आर्थिक वर्ष २०७८÷७९ मा मृत भेटिएको यो पहिलो बाघ हो । निकुञ्जमा सन् २०१८ को गणना अनुसार ९३ वयस्क बाघ रहेका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र २३ गते बुधवार
प्रतिक्रिया