प्रकाश ज्वाला सहित ४ जना सांसद पदमुक्त

तुलसीपुर, १८ साउन । प्रकाश ज्वालासहित कर्णालीका ४ जना सांसद पदमुक्त भएका छन् । एमालेले गरेको कारबाही सर्वोच्च अदालतले सदर गरेपछि कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापा पदमुक्त भएका हुन् ।
केपी शर्मा ओलीको भ्याकेट निवदेनमा सुनुवाई गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाले सांसदहरुलाई गरेको कारवाही सदर गर्ने आदेश गरेका हुन् ।

ह्वीप उल्लंघन गरेको भन्दै एमालेले कारबाही गरेको थियो । तर, एमालेले गरेको सो कारवाहीलाई यसअघि न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत बदर गरिदिएको थियो । सो अन्तरिम आदेश खारेजीको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले असार ७ मा भ्याकेट निवेदन दिनुभएको थियो ।

प्रकाशित मिति : २०७८ साउन १८ गते सोमवार
प्रतिक्रिया