लुम्बिनी प्रदेशसभामा जसपाका तीन सांसद पदमुक्त

लुम्बिनी १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको जानकारी दिनुभएको छ । सांसदबाट पदमुक्त भएका तीनै जना मन्त्री पनि हुन् ।

प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रवार
प्रतिक्रिया