एसईईको नतिजा नआउदै भर्ना गरे तुलसीपुर उपमहानगरपालिकाले कारवाही गर्ने

तुलसीपुर, १२ साउन । तुलसीपुर उपमहानगरपालिका कार्यालयले २०७७ को एसईईको नतिजा प्रकाशित नहुदै विद्यार्थी भर्ना गरेको पाईएमा कारवाही गर्ने चेतावनी दिएको छ । कार्यालयले मंगलवार एक सुचना जारी गदै २०७७ को एसईईको नतिजा नआउदै तुलसीपुर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०७८ को लागी कक्षा ११ मा विद्यार्थी भर्ना गरेको भन्ने गुनासो आएको उल्लेख गरेको छ । यस्तो अवस्थामा बिद्यार्थी भर्ना नगर्न र नगराउन जारी विज्ञप्तीमा भनिएको छ । यो सुचनाको व्यवास्ता गरेमा कानुन अनुसार कारवाही गरिने भनिएको छ ।

प्रकाशित मिति : २०७८ साउन १२ गते मङ्गलवार
प्रतिक्रिया