नेकपा नेता बिप्लब राजनितिक दल संगको भेटघाटमा व्यस्त

काठमाण्डौ, ९ साउन । नेत्रविक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरुले प्रधानमन्त्री, प्रमुख प्रतिपक्षि दलका नेता देखि सबै राजनितिक दलका शिर्ष नेताहरु संगको भेटघाटलाई तिव्र पारेका छन् । राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने क्रममा विप्लब सहितका नेताहरु जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरकोमा पुगेका छन् ।

उनीहरूबीच लामो छलफल भएको छ । नेता खड्गबहादुर विश्वकर्मासँगै ठाकुरलाई भेट्न बिप्लब ठाकुर निवास पुग्नुभएको हो । चन्दले पछिल्लो समय राजनीतिक भेटवार्ता गर्दै आफ्नो एजेण्डा राख्दै आउनुभएको छ ।चन्दले यसअघिको केपी शर्मा ओली नेतृत्व सरकारसँग गरेको सहमतिलाई कार्यावन्यनमा लैजान जोड दिदै आउनु भएको छ ।

आफुसंग भएको तीन बुँदे सहमतीलाई अलपत्र नपारी कार्यावन्यनमा लैजान उहाँले नेताहरुलाइ भेटेर आग्रह गरिरहनुभएको छ । चन्द सहितका नेताहरुले यसअघि पनि प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष, केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेतासँग वार्ता गरिसकेका छन् । विप्लबले एमाले नेता रामबहादुर थापा लाइ पनि भेट्नुभएको छ ।

प्रकाशित मिति : २०७८ साउन ९ गते शनिवार
प्रतिक्रिया