कोरोना खोप सबै नागरिकलाई पु¥याउने देउवाको प्रतिबद्धता

काठमाण्डौ ८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो कार्यकालमा सबै नागरिकलाई खोपको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधि सभामा दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिँदै प्रधानमन्त्री देउवाले ऋण लिएर भए पनि, जतिसुकै महँगो परे पनि कोरोना खोप सबै नागरिकलाई पु¥याउने प्रतिबद्धता जनाउनुभएको हो । कोरोना खोप सरकारको प्राथमिकता रहेको पनि बताउनुभयो ।

 

मैले सबै नागरिकलाई कोरोना खोप पु¥याउन गरेको वाचा पूरा गरी छाड्ने छु । हामी ऋण लिएर जति महँगो भए पनि नेपाली नागरिकलाई कोरोना खोप पु¥याउन छौँ । मेरो नेतृत्वको सरकारले अवश्य पनि त्यो वाचा पूरा गर्ने विश्वास दिलाउन चाहन्छु । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले आफ्नो कार्यकाल छोटो रहेको उल्लेख गर्दै त्यसबीचमा सत्ता साझेदार दलहरूसँग मिलेर नागरिकले अनुभूति गर्ने खालका केही काम गरेर देखाउने योजना पनि अघि सार्नुभएको थियो ।

 

प्रकाशित मिति : २०७८ साउन ८ गते शुक्रवार
प्रतिक्रिया