सांसद पदबाट राजीनामा दिने अमरेशको घोषणा

काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । पार्टीभित्र क्रियाशील सदस्यता वितरणमा धाँधली भएको र आफ्ना मतदाताको अपमान गरिएको भन्दै सिंहले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने तयारी गर्नु भएको हो ।

‘म प्रत्यक्ष निर्वाचित सांसद हुँ । मैले इमान्दार कांग्रेस कार्यकर्ताको सदस्यता जोगाउन सक्दिन भने अरु जनतालाई कसरी न्याय गर्न सक्छु ? क्रियाशीलमा भएको धाँधलीका कारण म राजीनामा दिदैछु’, सिंहले भन्नुभयो ।

प्रकाशित मिति : २०७८ साउन ६ गते बुधवार
प्रतिक्रिया