ओलीलाई हटाएर एमाले पार्टी बनाउने नेपाल समूहको निश्कर्ष

काठमाडौं , ५ साउन । नेकपा (एमाले)को माधव नेपाल समूहले आफुहरुको बहुमत पुग्ने दाबी गरेको छ । साविकको पार्टी भित्रै आफूहरुको बहुमत पुग्ने भन्दै अध्यक्ष केपी शर्मा ओली बिनाको पार्टी नेकपा एमाले पार्टी बनाउन सकिने विषयमा छलफल भएको नेता मेटमणी चौधरीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदसँग वरिष्ठ नेता नेपालले मंगलबार गरेको छलफफलमा सांसदहरुले यस्तो सुझाव दिएको नेता चौधरीले बताउनुभयो ।

केन्द्रीय सदस्य एवम् सांसद मेटमणि चौधरीले केही दिन पर्खिए केन्द्रीय कमिटी र संसदीय दलमा समेत आफूहरुको बहुमत पुग्ने र साविकको एमालेमै अध्यक्ष ओलीलाई हटाउन सकिने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ साउन ५ गते मङ्गलवार
प्रतिक्रिया