कांग्रेस महाधिवेशन :सभापति देउवालाई निधि संग बार्ता गर्न सुझाव

काठमाण्डौ, ६ असार । नेपाली काँग्रेस संस्थापन पक्षका केन्द्रीय नेताहरुले सभापति शेरबहादुर देउवालाई उपसभापति विमलेन्द्र निधिसँग वार्ता गर्न सुझाव दिएका छन् ।काँग्रेसको आसन्न १४ औं महाधिवेशनमा देउवाले फेरि सभापतिमा उठ्ने तयारी गनुभएको छ । संस्थापन समूहमा दोस्रो वरियतामा रहनुभएकाविमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । देउवा र निधिले सभापतिमा उठ्ने भनेपनि केन्द्रीय नेताहरुले सभापति देवालाई निधिसँग कुरा गर्न र आफूहरुपनि कुरा गर्ने बताएका छन् । शनिवार पनि देउवा र निधिले सभापतिमा एकअर्कालाई सहयोग गर्न आग्रह गरेका थिए ।

एउटै समूहबाट दुई उम्मेदवार बन्ने अवस्था आएपछि संस्थापन पक्षका नेताहरुले सहमतिमा जोड दिएका छन् । काँग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतले दुबै जनालाई मिलेर अघि बढ्न आग्रह गरिएको बताउनुभयो । देउवाले आउने निर्वाचनमा काँग्रेसलाई सबैभन्दा ठूलो बनाएर मात्र विश्राम लिने भन्दै सभापतिमा दोहोरिन चाहेको बताउनुभएको छ । उहाँले निधिलाई अर्को पटक सभापतिमा अघि सार्ने भन्दै आफूलाई साथ दिन आग्रह गरेका छन् । तर, १५ औं महाधिवेशनसम्म पर्खिँदा नेतृत्वमा पुग्न झन् कठिन हुने भएकाले निधिले उहाँको प्रस्ताव स्वीकार गर्नुभएको छैन ।

प्रकाशित मिति : २०७८ असार ६ गते आइतवार
प्रतिक्रिया