भदौमा महाधिवेशन हुन्छ : काँग्रेस सभापति देउवा

काठमाण्डौ, २६ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भदौमा पार्टीको १४ औं महाधिवेशन हुने बताउनुभएको छ । काँग्रेसले भदौ ७ देखि १० सम्म महाधिवेशन गर्ने गरी यसअघि नै निर्णय गरिसकेको थियो । तर कोरोना महामारीले क्रियाशील सदस्यता वितरणका काम सकिएको छैन । महामारीकै बीच पनि महाधिवेशन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरूले सभापति देउवाको ध्यानाकर्षण गराइरहेका छन् ।

सभापति देउवाले बुधवार प्रेस विज्ञप्ति निकालेर भदौमा महाधिवेशन हुने प्रष्ट पार्नुभएको छ । यस्तो विषय परिस्थितिमा पनि हामीले भदौमा पार्टीको महाधिवेशन सम्पन्न गर्नु परेको छ । म देशभरका साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु, भदौमा महाधिवेशन हुन्छ, सभापति देउवाले विज्ञप्तिमार्फत भन्नुभएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २६ गते बुधवार
प्रतिक्रिया