तुलसीपुरका मेयरको ‘पार्टी एकतामा’ जोड

तुलसीपुर, २४ जेठ । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले पार्टी एकतामा जोड दिनु भएको छ । टुटफुट् र विभाजनले पार्टी, गन्तव्यमा पुग्न नसक्ने र त्यसले राष्ट्र,राष्ट्रियता र लोकतन्त्रलाई कम्जोर बनाउने भएकाले एकता नै अहिलेको सबैभन्दा बलियो आधार भएको बताउनुभयो ।

‘सबैले मनन् गरौं । एकतामा नै वल छ । एकताबाट नै समृद्धि सम्भव छ।’ नगर प्रमुख पाण्डेद्धारा जारी विज्ञप्तीमा उल्लेख ।

हजारौ योद्धाहरुको त्याग र बलिदानले मात्रै पार्टीलाई यहाँसम्म ल्याएको बताउँदै नगर प्रमुख पाण्डेले राष्ट्र, जनता र आन्दोलनको हितलाई केन्द्रविन्दुमा राखेर सकारात्मक सोचका साथ पार्टी एकतामा लाग्न नेताहरुलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २०७८ जेष्ठ २४ गते सोमवार
प्रतिक्रिया