एसईईको मूल्याङ्कन विधि अनुसार नै नतिजा सार्वजनिक गर्ने तयारी

काठमाण्डौ, १७ जेठ । शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्याङ्कन विधि अनुसार गराउने प्रस्ताव मन्त्रीपरिषदमा लैजाने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्याङ्कन विधि अनुसार गराउने प्रस्ताव मन्त्री परिषदमा पठाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिनुभयो ।उहाँले मन्त्रालयको बैठकले आन्तरिक मूल्याङ्कन विधि अर्थात् गत वर्षकै विधि अनुरुप गराउने प्रस्ताव मन्त्री परिषदलाई पठाउने निर्णय गरिएको बताउनुभयो ।

गत वर्ष पनि कोरोना महामारीका कारण विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्याङ्कनसमिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्याङ्कन१० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्याङ्कन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्ममा निर्धारित सबै विषयवस्तु मूल्याङ्कन भएको थियो ।

प्रकाशित मिति : २०७८ जेष्ठ १७ गते सोमवार
प्रतिक्रिया