२०८३ भाद्र १० गते बुधवार

सरकारको ध्यान कोरोना नियन्त्रणमा छ : स्वास्थ्यमन्त्री श्रेष्ठ

तुलसीपुर, ९ जेठ ।  लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले सरकारको अहिलेको ध्यान कोरोना नियन्त्रणमा रहेको वताउनु भएकाे छ । कोरोना नियन्त्रणका लागि प्रदेशभरका अस्पतालको स्तरोन्नती गरिरहेको पनि बताउँदै उहाँले अक्सिजनको अभाव नहोस् भन्नका लागि प्रदेश सरकारले सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि प्रक्रिया अगाडी वढाइसकेको बताउनु भयाे ।

रिपोर्टस् क्लव दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले लकडाउनका कारण खान नपुग्नेहरुलाई प्रदेश र स्थानीय सरकारले जिम्मा लिने वताउनुभयाे । लकडाउनको पूर्ण पालनाले मात्रै कोरोना नियन्त्रण हुन सक्ने उहाँकाे भनाइ  छ ।  तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको मेट्रो अस्पतालले स्थानीय तहमै पहलकदमी लिएर कोरोना नियन्त्रणमा काम गरेको भन्दै मन्त्री श्रेष्ठले  प्रशंसा गर्नुभयाे । अस्पताललाई वलियो वनाउनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको वताउँदै बरन्डामा वसेर उपचार गर्नुपर्ने वाध्यता अब नआउने दाबी उहाँले गर्नुभयाे ।

चिकित्सकहरुलाई सुरक्षाको अनुभुति दिलाउनका लागि प्रदेश सरकारले मातहतका निकायलाई जिम्मा दिइसकेको बताउँदै सरकारी अस्पतालले मात्रै संक्रमित विरामीलाई थेग्न नसक्ने भएकाले निजी अस्पतालहरुलाई पनि परिचालन गरिने  मन्त्री श्रेष्ठले बताउनुभयाे । रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो भने सहजिकरण क्लबका सहसचिब सन्तोष केसीले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : २०७८ जेष्ठ ९ गते आइतवार
प्रतिक्रिया