अब सांसदको टाउको गन्न छोडेर नागरिकको जीवन रक्षामा लागौंः नेता थापा

काठमाण्डौ, ३१ बैशाख । प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओली नियुक्तिसँगै तत्काललाई सांसदको संख्या गन्ने काम रोकिने भएकाले अब जनताको जीवन रक्षामा ध्यान दिन नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले आग्रह गर्नुभएको छ । उहाँले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त भएसँगै अन्य राजनीतिक दाउपेच छाडेर महामारी नियन्त्रणमा ध्यान दिनसमेत आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँ अब कोरोना सङ्क्रमित र सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या घटाउनतिर ध्यान दिन आग्रह गर्नुभएको हो । त्यसका लागि विपक्षी लगाएत सबै राजनितिक दलले सरकारलाई साथ दिनु पर्ने थापाको भनाई छ ।

प्रकाशित मिति : २०७८ बैशाख ३१ गते शुक्रवार
प्रतिक्रिया