प्रधानमन्त्री ओलीले कम्युनिष्टलाई सिध्याउन खोजेको ज्ञवालीको आरोप

तुलसीपुर, ९ बैशाख । नेपाल कम्युनिष्ट पाटी एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पाटीलाई सिध्याउन खोजेको आरोप लगाउनु भएको छ । प्रधानमन्त्री ओलीले पाटीको विधि र सिद्धान्त विपरित मनपरी तरिकाले काम गर्दा पाटी र सत्ता संकटमा परेको उहाले आरोप लगाउनु भएको छ ।

नेकपा एमाले जिल्ला कमिटि दाङले तुलसीपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्वोधन गदै उहाले सर्वहारा बर्गहरुको पाटी नै कम्युनिष्ट पाटी भएपनि कम्युनिष्ट सत्तामा पुगेपछि मात्तिने भएकाले कम्युनिष्ट सरकार स्थिर हुन नसकेको बताउनु भयो ।

आफुहरु सधै जनताको पक्षमा उभिने बताउदै उहाले प्रधानमन्त्री ओली संगको व्यक्तिगत रिसिवी नभई कार्यशैली र दम्भको विरुद्धको लडाई भएको बताउनु भयो । कम्युनिष्ट पाटीको लक्ष्य सामाजिक विभेद, अन्याय र अत्याचार अन्त्य गर्ने भएको भन्दै यसका लागी प्रधानमन्त्री तयार नहुदा अन्तरविरोध भएको उहाको भनाई थियो ।

प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार
प्रतिक्रिया