मन्त्री पदबाट हटेका थापा गृहमन्त्रीमा पुनः नियुक्त

काठमान्डौ, ५ बैशाख / काठमाडौँ — मन्त्री पदबाट हटेका गृहमन्त्री राम बहादुर थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः नियुक्त गर्नु भएको छ । राष्ट्रिय सभा सदस्य पद खारेजीमा परेपछि थापा पदबाट हट्नु भएको थियो ।

प्रधानमन्त्री ओलीले उहाँलाई आजै पुनः नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । संघीय संसद्ले थापाको सांसद पद रिक्त गर्न माग राखी माओवादी केन्द्रले बुझाएको पत्र आइतबार स्वीकृत भएको थियो ।

थापालाई आजै साँझ ५ बजे पुनः गृहमन्त्रीमा शपथ लिने कार्यक्रम तय गरिएको छ । थापा माओवादी केन्द्रबाट २०७४ सालको राष्ट्रिय सभा सदस्य निर्वाचनमा वागमती प्रदेशबाट निर्वाचित हुनुभएको थियो ।

माओवादी केन्द्रको संसदीय दल बैठकले थापाले दल त्याग गरेको भन्दै उनको सांसद पद रिक्त गराइदिने प्रक्रिया अघि बढाउन संसद् सचिवालयलाई पत्र पठाउने निर्णय गरेको थियो । नेता दीनानाथ शर्माले चैत २७ गते संसद् सचिवालयमा पत्र बुझाउनुभ भएको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख ५ गते आइतवार
प्रतिक्रिया