मावि रक्षाचौरको अध्यक्षमा पोख्रेल चयन

तुलसीपुर, ३ बैशाख । तुलसीपुर ४ मा रहेको गुरु जजुर माध्यामिक विद्यालय रक्षाचौरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा लोकमणि पोख्रेल चयन हुनु भएको छ । पोख्रेलको अध्यक्षतामा ९ सदस्यिय सर्वसम्मत विद्यालय व्यवस्थापन समिति चयन गरिएको हो । यस अघि सम्पन्न भएको अभिभावक भेलाले सर्वसम्मत चयन गरेपनि शुक्रवार एक कार्यक्रमको आयोजना गरी निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् ।

यस्तै गरी शिक्षक अभिभावक संघको अध्यक्षमा ईश्वरी प्रसाद गैरे चयन हुनु भएको छ । गैरेको अध्यक्षमा ११ सदस्यिय शिक्षक अभिभावक संघ गठन गरिएको हो । विद्यालयका प्रधानाध्यापक विष्णु खड्काको अध्यक्षता एवं वडा नम्वर ४ का वडा अध्यक्ष बालकृष्ण रानाको प्रमुख आतिथ्यतामा पद हस्तान्तरण कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार
प्रतिक्रिया