खुशी र उमङ्गको वर्ष वनेर आउ

नयाँ वर्ष २०७८ तिमी आउ
खुशी र उमङ्गको वर्ष वनेर आउ।
विकास र समृद्धिको वर्ष वनेर आउ
शान्ति र गौरवको वर्ष वनेर आउ।
जुठे र भुन्टेको साहारा वनेर आउ
ठुली र पुन्टीको पियारा वनेर आउ।
रिस ,राग र घमण्डकोलागि सितलता वनेर आउ
सहकार्य , मेलमिलाप र मित्रता वनेर आउ।
उदण्ड र उन्मात्को दण्ड वनेर आउ
संयम र विवेकको झण्डा वनेर आउ।
फुटको होइन जुटक‍ो वर्ष वनेर आउ
सम्पूर्ण जनको हर्ष वनेर आउ।
तिमीलाई साधुबाद छ,तिमीलाई नमन छ
तिम्रो आगमनमा सम्पूर्णलाई लाखौं शुभकामना छ।

प्रकाशित मिति : २०७८ बैशाख १ गते बुधवार
प्रतिक्रिया