विद्यालयमा तोडफोड

तुलसीपुर ३० चैत । तुलसीपुर ४ घोरानेटीमा रहेको दिपज्योती आधारभुत विद्यालयमा शनिवार राती तोडफोड भएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनसिंह पुनले दिएको जानकारी अनुसार कक्षाकोठाको ढोकाको ताला तोडेर कक्षाकोठाको फर्निचरहरुमा क्षति पुगेको छ ।

अज्ञात समुहले विद्यालय परिसर भित्र प्रवेश गरी विद्यालयमा क्षति पु¥याएको अध्यक्ष पुनले जानकारी दिनुभयो । घटना बारे प्रहरीलाई जानकारी गराईएको छ । विद्यालयको गेट भएता पनि सुरक्षित र व्यवस्थित नहुदा विद्यालयमा पटकपटक विद्यालय तोडफोडका घटनाहरु हुने गरेका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र ३० गते सोमवार
प्रतिक्रिया