काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठण्माडौ, १४ चैत । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज(शनिवार) बस्दैछ । बिहान साढे ११ बजे केन्द्रीय कार्यसमितिको बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्ने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

बैठकले पार्टी नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गर्नुका साथै श्रद्धाञ्जली सभाका बारेमा निर्णय गर्ने पनि शर्माले बताउनुभयो ।काँग्रेसकेन्द्रीय सदस्य एवं पूर्व मन्त्री जोशीको गएराति नर्मिक अस्पताल काठमाडौँमा उपचारको क्रममा निधन भएको थियो ।आज मध्याह्न १२.०० बजेदेखि २.०० बजेसम्म स्वर्गीय जोशीको पार्थिव शरीर पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने नेपाली काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र १४ गते शनिवार
प्रतिक्रिया