मेट्रो कलेजमा कानुनको पढाई सुरु

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजमा विएएलएलबीको अध्यापन कार्य आरम्भ भएको छ । कलेजले कार्यक्रमको आयोजना गरेर कानुन संकाय पहिलो व्याचका विद्यार्थीहरुलाई स्वागत गरेको हो ।

कलेज प्रमुख वसन्त आचार्यले कानुनका विद्यार्थीहरुलाई टाढा जान नपरोस् भन्नका लागि स्थानीय सरकारले कलेजको स्थापना गरेको वताउनुभयो । देशैभरका विद्यार्थीहरु कलेजमा अध्ययनका लागि आएको समेत उहाँले जानकारी दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिका र लुम्बिनी बौद्ध विश्वविद्यालयको साँझेदारीमा यसै शैक्षिक सत्रबाट स्नातक तहमा कानुन विषयको अध्यापन कार्य आरम्भ गरिएको हो ।

यस क्षेत्रमा यो भन्दा अगाडी कानुन विषय अध्ययनका लागि बुटवल या काठमाडौ जानुपर्ने वाध्यता रहदै आएको थियो । ‘स्थानीय सरकारले आफ्नै ठाउँमा कलेज स्थापना गरेकोमा खुसी लागेको छ ’ विद्यार्थी श्रेया गौतमल बताउनुभयो । कार्यक्रममा कानुन संकाय प्रमुख गोपाल उपाध्याय, शिक्षकहरु बसन्त टण्डन, रेशम वली लगायतले विद्यार्थीहरुलाई विषयगत जानकारी दिनुभएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २८ गते शुक्रवार
प्रतिक्रिया