गिरीको निधनले पार्टीलाई ठूलो क्षति : महामन्त्री कोइराला

तुलसीपुर २३ फागुन । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोईरालाले लोकमणी गिरीको निधनले पार्टीलाई ठूलो क्षेति पुगेको बताउनुभएको छ । आईतवार तुलसीपुरमा रहेको नेपाली कांग्रेसको क्षेत्रीय पार्टी कार्यालयमा गिरीको पार्थिब शरिरमा नेपाली काँग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
स्वर्गिय गिरीले पार्टीमा पु¥याएको योगदानको चर्चा गर्दै महामन्त्री कोइरालाले उहाँले देखाएको बाटोमा सदैव पार्टीले अनुसरण गरेर अघि बढ्ने बताउनुभयो ।
स्वर्गिय गिरीप्रति श्रद्धाञ्जली व्यक्तगर्न नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री डा. मिलेन्द्र रिजाल, जिल्ला पार्टी सभापति कीर्तिबहादुर खड्का, पूर्व जिल्ला सभापति गेहन्द्र गिरी, प्रदेशसभा सदस्य शंकर गिरी, डिल्लीबहादुर चौधरी, दाङका काँग्रेस जिल्ला सचिव शंकरप्रशाद डाँगी, नेकपाका जिल्ला अध्यक्ष टिकाराम खड्का तुलसीपुर उपमहानगरपािलका नगरप्रमुख घनश्याम पाण्डे, जिल्लास्थित बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, जनप्रतिनिधिहरु तथा भातृसंगठन संगठनका नेताहरु अन्तीम श्रद्धाञ्जली दिन पार्टी कार्यालयमा पुगेका थिए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दिपक गिरीका पिता स्वर्गिय गिरीको आइतवार नै दंगिशरण गाउँपालिका वडा नं. ४ सुकदेवास्थित पुर्खेउली गाउँमा परम्परा अनुसार समाधि गरिएको छ । गिरीको शनिबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार
प्रतिक्रिया