प्रधानमन्त्री हुन्छ कि भन्ने चिन्ता पौडेललाई छ : कांग्रेस सभापति देउवा

काठमाडौं, २२ फागनु /  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देउवा प्रधानमन्त्री हुन्छ कि भनेर वरिष्ठ नेता रामचन्द्र पौडेललाई चिन्ता हुन थालेको बताउनुभएको छ । ‘ मैले प्रधानमन्त्री हुदिनँ भन्दा पनि प्रधानमन्त्री हुन्छ कि भनेर रामचन्द्रजीलाई चिन्ता लागि सक्यो । उहाँ प्रधानमन्त्री हुन १८ पटक चुनाव लड्दा उहाँले हारेको छ, हारेको छ । तर सफल हुनु भएन । मैले रामचन्द्र हुनुहुँदैन भनेको थिइनँ ।’

शनिबार काठमाडौंमा आयोजित विपी कोइराला सामुदायिक अस्पतालको १३ औं साधारणसभालाई सम्बोधन गर्दै देउवाले आफु सरकारमा जान लालयीत नभएकाले काँग्रेस प्रतिपक्षीको हैसियत बिर्सन नहुने भनेर आफुलाई नसम्झाउन पौडेललाई आग्रह गर्नुभयाे ।

‘ विपक्षी दलको नेता वैकल्पिक प्रधानमन्त्री हो । तै पनि मैले प्रधानमन्त्री खान्छु भनेकै छैन । म प्रधानमन्त्री हुन्छु कि भनेर  रामचन्द्रजी चिन्ता नगर्नुहोस् । हाम्रो म्यान्डेट नै थिएन । हारेको पार्टी थियो भन्ने होइन विपक्षीसँग सरकार बनाउने म्यान्डेट हुन्छ ।’

प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते शनिवार
प्रतिक्रिया