सरकार र विप्लवबीच दोस्रो चरणको वार्ता सम्पन्न

काठमाडौँ । नेपाल सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समुहबीच दोस्रो चरणको वार्ता पनि बालुवाटार आजै सकिएको छ । आज बुधबार बिहान पहिलो चरणको वार्ता गरेको टोलीले आजै अपरान्ह दोस्रो चरणको वार्ता गरेका हुन् । दोस्रो चरणको वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा निकट पुगेको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी गराउनु भएकाे छ ।

वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको गृहमन्त्री रामबहादुर थापाले बताउनुभयाे  । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता ‘धेरै सैद्धान्तिक र प्राविधिक विषयमा सहमति नजिक’ पुगेको बादलले भनाइ छ। वार्तापछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै मन्त्री थापाले केही विषयमा छलफल जारी रहे पनि छिट्टै सुखद परिणाम आउने बताउनुभयाे ।

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार
प्रतिक्रिया