८० प्रतिशतभन्दा बढी विद्यालयको पुर्ननिर्माण सकियो

काठमाण्डौ, १६ फागुन । भूकम्पले क्षति भएका ८० प्रतिशत भन्दा बढी विद्यालयहरु पुर्ननिर्माण भएका छन् । २०७२ सालको भूकम्पमा क्षति भएका मध्ये हालसम्म ६ हजार १ सय विद्यालय पुर्ननिर्माण भएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले जनाएको छ ।

बाँकी १ हजार ४ सय ५३ विद्यालयहरु पुर्ननिर्माणको चरणमा रहेका छन् ।पुननिर्माण सम्पन्न भएका विद्यालयहरु प्राधिकरणले हस्तान्तरण समेत गरिसकेको छ । बाँकी विद्यालयहरुलाई असार मसान्तसम्म सकाउने गरी काम भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणका सह प्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो । भुकम्पले देशभरमा गरी ७ हजार ९ सय २३ विद्यालयमा क्षति पु¥याएका भएपनि प्राधिकरणले ७ हजार ५ सय ५३ को मात्र पुर्ननिर्माण गर्नुपर्ने सूची तयार गरेको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन १६ गते आइतवार
प्रतिक्रिया