राजपुर स्थित काण्डैकाण्डको माध्यामिक बिद्यालय सिक्टा

सांकेतिक तस्विर

 तुलसीपुर, १० फागुन । दाङको एक सामुदायिक विद्यालयमा पटकपटक भएका विभिन्न घटना सार्वजनिक हुने गरेको छ ।जिल्लाको राजपुर गाउँपालिका ७ स्थित माध्यमिक विद्यालय सिक्टाका प्रधानाध्यापक देखी शिक्षकले गरेको हर्कत बेलाबेलामा सार्वजनिक हुदै आएको छ । यसैक्रममा विद्यालयका एक शिक्षकले विद्यार्थीहरुले परिक्षामा कम नम्वर ल्याएको भन्दै कुटपिट गरेपछि पक्राउ परेका छन् । विद्यालयमा कार्यरत शिक्षक राजकुमार सुनारलाई प्रहरीले विद्यार्थी कुटेको आरोपमा पक्राउ गरेको छ ।

कक्षाकोठा भित्रै विद्याथीहरु माथी कुटपिट गरेको आरोपमा पक्राउ परेका सुनारमाथी बालबालिका ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी नायव निरीक्षक मीनबहादुर शाहीले बताएका छन् ।घटना दुई हप्ता अघिको भएपनि घटना फागुनमा सार्वजनिक भएको हो ।घटना सार्वजनिक भए लगतै आरोपित शिक्षक पक्राउ परेका छन् ।उनी निजि स्रोतका शिक्षक हुन् ।यस्तैगरी गएको माघ ७ गते सोहि विद्यालयका प्रधानाध्यापक विष्णु खत्रीले वडा अध्यक्ष भिम बहादुर खड्कालाई वडा कार्यालयमा पुगेर ज्यान मार्ने धम्की दिएको घटना सर्वाजनिक भएको थियो ।

वडा अध्यक्ष खड्कालाई विद्यालयका प्रअ खत्रीले दिएको धम्की बारे चौतर्फि विरोध भएको थियो ।गोप्य स्रोतका अनुसार गएको पौषमा विद्यालयमा कार्यरत एक शिक्षिका माथी प्रअ खत्रीले दुव्र्यव्यहार गरेको आरोप लागेको छ ।प्रअ खत्रीले शिक्षिका माथी दुव्र्यव्यवहार गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी परेपछि उनी पाँच दिन प्रहरी हिरासतमा बसेर तारिखमा छुटेका हुन् ।शैक्षिक संस्था जस्तो पवित्र स्थलमा कार्यरत शिक्षकहरुबाटै पटकपटक घटना हुन थालेपछि यसको चौतर्फी आलोचना भईरहेको छ ।यता गाउँपालिका अध्यक्ष लोकराज केसीले दोषि माथी कानुनी कारवाही हुनुपर्ने बताएका छन् ।

विद्यालयमा कार्यरत शिक्षकहरुको अराजकले विद्यार्थीहरुको भविस्य नै अन्यौलमा हुने खतरा भएको भन्दै उनीहरुलाई पेशाबाट मात्रै हटाएर नपुग्ने अध्यक्ष केसीको भनाई छ । घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई हदै सम्मको कानुनी कारवाही हुनु पर्ने उनको भनाई छ ।यसमा विद्यालय व्यवस्थापन समितिको समेत कमजोरी देखीएको आगामी दिनहरुमा यस्तो कुनै पनि घटना दोहोरीन नदिनका लागी गाउँपालिकाका पहल गर्ने उनको भनाई छ ।

बिद्यालयमा अब कुनै घटना हुन दिन्न : अध्यक्ष वली
यता बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष घन बहादुर वलीले आगामी दिनमा कुनै घटना हुन नदिने बताएका छन् । तुलसीपुर खबरडटकम संग संम्वाद गदै उनले आउदो दिनमा विद्यालय भित्र कुनै किसीमका घटना दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन् । विगतमा पनि विद्यालय सुधारका लागी व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक र अभिभावकको भुमिका राम्रो हुदै आएको बताउदै उनले केहि कमीकजोरीले गर्दा पछिल्नो समय केहि घटना भएपनि आगामी दिनमा त्यसो हुन नदिने उनको भनाई ।

विद्यालयका प्रधानाध्यापकले विद्यालय प्रशासनमा कडाई गर्दा शिक्षिका माथी दुव्र्यवहार भन्ने आरोप लाग्यो उनले भने विद्यार्थीको सार्टिफिकेटको नाम सच्याईदिन वडा कार्यालय पुग्दा वडा अध्यक्षलाई ज्यान मार्ने धम्की दिएको भन्ने आरोप पनि लाग्यो ।तर बिद्यालयका बारेमा अहिले जति बाहिर सार्वजनिक भएका छन् ती सवै सत्यता नभएको अध्यक्ष वलीको दावी छ । विद्यार्थी कुटेको विषयमा पनि अहिले तिनै विद्यार्थीहरुले हामीहरुको शिक्षा सुधारको लागी शिक्षकले कुटेको हो,शिक्षकको गल्ती छैन भन्दै पक्राउ परेका शिक्षकको माग गरीरहेको उनको भनाई छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १० गते सोमवार
प्रतिक्रिया