विभिन्न अक्षयकोषद्धारा विद्यार्थी सम्मानित

तुलसीपुर, १० फागुन /माध्यामिक विद्यालय अस्वारामा स्थापना गरिएका विभिन्न अक्षयकोषद्धारा विद्यार्थीहरुलाई सम्मान गरिएको छ । विद्यालयमा एक कार्यक्रमको अयोजना गरेर उत्कृष्ट, जेहेन्दार, अनाथ बालबालिकालाई सम्मान गरिएको हो ।

सो अवसरमा तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले स्थापना गरेको टेक–अमृता एक लाख एक हजारको अक्षकोषबाट सन्तोषी चौधरी र सरोज जैशी, पत्रकार ओपेन्द्र बस्नेतले स्थापना गरेको स्वर्गीय वुद्धिमान तथा रामकुमारी अनाथ बालबालिका अक्षयकोषबाट सम्झाना रेउले र सरोज जैशीलाई सम्मान गरिएको विद्यालयका शिक्षक खगेन्द्र काफ्लेले जानकारी दिनुभयो ।

यसैबिच पत्रकार बस्नेतले स्थापना गरेको अक्षयकोषको राशी ४५ हजारबाट बढाएर ५१ हजार पु¥याउनु भएको छ । त्यसैगरी पूर्व शिक्षक तुलसीराम भट्टराईको पहलमा कोरियाबाट मासिक रुपमा सहयोग हुँदै आएको रकमले सपना शर्मा र रोहित बस्नेतलाई सम्मान गरिएको थियो ।

त्यसैगरी राजा रामराजा, वुद्धि–तिलका, निरु बाल साहित्य, गंगा–झुपी अक्षयकोष र हरि–गोमा विशेष प्रतिभा पुरस्कारबाट समेत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी विद्यालय प्रथम हुने रोहित बस्नेत र एसईईमा चार ग्रेड ल्याउने सन्तोषी चौधरीलाई पनि पुरस्कृत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अधयक्ष लिलामणी गौतमको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्य र विषय प्रवेश विद्यालयका प्रधानाध्यापक हिरालाल न्यौपानेले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन १० गते सोमवार
प्रतिक्रिया