तुलसीपुर, ६ फागुन । तुलसीपुर असर प्रतिवेदन २०७६ काे सार्वजनिक गरिएकाे छ । तुलसीपुर उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाको आयोजना गरेकाे तुलसीपुर असर प्रतिवेदन २०७६ सार्वजनिक तथा एकीकृत शिक्षा सुधार परामर्श कार्यक्रममा पुस्तक विमाेचन गरिएकाे हाे ।
तुलसीपुर असर प्रतिवेदन २०७६ को सार्वजनिक गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारी विद्यालयमा अनुपस्थिती हुने विद्यार्थीको संख्या डरलाग्दो भएको बताउनुभएको छ ।
निजी भन्दा सरकारी विद्यालयमा अनुपस्थित हुने विद्यार्थीको संख्या धेरै भएकाले सुधारका योजना बनाएर अगाडी बढ्न आवश्यक रहेको बताउनुभयो । ‘निजी भन्दा सरकारी विद्यालयमा अनुपस्थित हुने विद्यार्थीको संख्या धेरै छ । त्यो चेतना र लगानीले पनि काम गरेको हुनसक्छ ,’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो– ‘निजी विद्यालयमा धेरै लगानी भएकाले अभिभावकले आफ्ना बालबालिकालाई अलि बढ्ता ध्यानदिने र सकारी विद्यालयमा थोरै लगानी भएकाले कम ध्यानदिने भएकाले पनि अनुपस्थितको संख्या धेरै र थोरै पनि हुनसकछ ।’
सिकाईका लागि विद्यालयमा पढ्ने वतावरण तयार हुनुपर्ने मुख्यमन्त्री पोखरेलले बताउनुभयो । पढ्ने वतावराण तयार गर्न ठूला भवन मात्रै हैन विद्यालयमा विद्यार्थीको अनुपातमा शौचालय र सरसफाईमा समेत ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । ‘विद्यालयमा ठूलठूला भवनहरु छन् । तर शौचालय छैन । भए पनि प्रयोग गर्नयुक्त छैन । अनि विद्यार्थी कक्षा कोठामा पढ्न बसेको छ । तर दिशापिसाव रोक्न उसलाई प्रेसर छ । घर कतिखेर पुगिएला भन्ने छ भने कसरी तयो विद्यार्थीले बढ्छ ? ’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो ।
कार्यक्रममा उपमहागनरपालिकाका शिक्षा सल्लाहकार शिशिर खनालले तुलसीपुर असर प्रतिवेदन २०७६ को विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पान्डेको अध्यक्षतामा भएको कार्यक्रममा दलित आयोगका अध्यक्ष देबराज विस्वकर्मा, नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रिय सदस्य सुजिता साक्य, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसे, उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकत भाष्करराज गौतम, गुरुजजुर माध्यामिक विद्यालय तुलसीपुरका प्रधानाध्यापक विष्णुकुमारी केसी, माध्यामिक विद्यालय सेन्टर स्कुलका भागवत पौडेल, निजी विद्यालयको तर्फबाट पर्काश शर्मा, गोर्खा बोर्डिङ स्कुलका प्रमुख विजय जिएम लगाएतले प्रतिवदेनमाथि टिप्पणी गर्नु भएको थियो । उप्रमुख माया आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षा महाशाखा अधिकृत चक्र भण्डारीले गर्नु भएको थियो ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।