मिडिया र मिडियाकर्मीको भविस्य सुनिश्चित छत ?

तुलसीपुर, १९ माघ ।तुलसीपुर ६ बरुवागाउँमा रहेको ज्ञानदिप कलेज तुलसीपुरले पत्रकारिता बहस चलायो । सोमवार कलेजले आयोजना गरेको पत्रकारिता सम्भावना, अवसर र चुनौती तथा डिजिटल पत्रकारिता न्यु मिडिया विषयक अन्र्तक्रया कार्यक्रम दुई चरणमा सम्पन्न भयो ।पहिलो चरणमा पत्रकारिता सम्भावना, अवसर र चुनौती विषयमा बहस सुरु भयो । कलेजका प्राध्यापक दुर्गालाल केसीले विषय प्रवेश गराउदै पत्रकारिता अध्ययनरत अंकित आचार्यलाई सहजीकरणका लागी जिम्मेवारी सुम्पीदिए ।

उनले परिचय दिदै बहस कार्यक्रमको सुरुवात गरे । सुरुमै उनले कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष विपुल पोख्रेललाई प्रश्न गदै भने भविस्यमा मिडियाहरुको अवस्था के हुन्छ ? उनले कडा प्रस्तुतीमा प्रश्न राखीरहदा उनको शैली अझ रोचक बन्यो ।जसले गर्दा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बरिष्ठ उपाध्यक्ष पोख्रेलले पनि रोचक ढङगले विद्यार्थीको जिज्ञासा मेटाउने प्रयास गरे ।

साथै उनले दाङका नागरिक महासंघको केन्द्रिय बरिष्ठ उपाध्यक्ष भएपछि जिल्लामा के परिर्वतन भयो,श्रमजिवी पत्रकारहरुले पारिश्रमीक पाएका छन् की वा छैनन् यावत प्रश्न थप्दै गए ।यसको जवाफ केहि बेर चल्यो । यस्तैगरी उनले नयाँ युगबोध राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक तथा महिला अधिकारकर्मी लक्ष्मी आचार्यलाई पनि प्रश्न गरे ।

तपाई सम्पादक भएपछि पत्रिकामा कति महिलालाई स्थान दिनुभयो भन्दै उनले प्रतिपश्न गरे । उनी जस्तै अर्का विद्यार्थी समृद्धि बोहोराले पत्रकारिता गर्न महिलालाई कत्तिको समस्या र चुनौती छ ? भन्दै सोधिन् । यसको पनि केहि समय जवाफ सवाल भयो । यसरी नै पत्रकारिताको विषयमा निकै बहस भयो ।

प्रविधिको विकास भए संगै छापाखाना मिडिया र एफएम रेडियोमा कस्तो प्रभाव,भुमिका, महत्व, नेपाली पत्रकारिता जगतमा विगतमा भएका अभ्यास, बर्तमानको अवस्था र भविस्यमा आईपर्ने चुनौती र अवसर, सोसल मिडियाको विकास र भविस्य , पत्रकार आचारसंहिता , कस्तालाई पत्रकार भन्न सकिने ,नयाँ जनशक्तिलाई अवसर, पत्रकारिता विषय अध्ययन बिना काम गर्न कत्तिको सहज र सम्भव लगाएतका विषयमा बहस भएको हो ।

बहसमा भाग लिलै बरिष्ठ उपाध्यक्ष पोख्रेलले नेपाली पत्रकारिताले समाज र राष्ट परिवर्तनका लागी महत्वपुर्ण योगदान रहेको बताएका छन् । उनले प्रविधिको विकासले अहिले धेरै फड्को मारेको बताउदै समय परिवर्तन संगै मिडियालाई समयानुकुल बनाउनु पर्ने बताएका छन् । उनले क्षमता र सिप प्रर्दशन गर्न सकेमा पत्रकारिता पेशा आम्दानी गर्ने क्षेत्र भएको बताएका थिए ।

कलेजका सहायक प्राचार्य मनोज कुमार केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै महिला अधिकारकर्मी तथा पत्रकार लक्ष्मी आचार्यले पत्रकारिता क्षेत्रमा महिलाहरुको सहभागिता र आकर्षण बढेपनि काम गर्न चुनौती रहेको बताएकी छिन् ।सो अवसरमा कलेजका निर्वतमान प्राध्यापक तथा मेट्रो कलेजका प्राचार्य बसन्त आचार्यले सामुदायिक रेडियोले स्थानिय विषय बस्तुलाई बढि जोड दिनुपर्ने बताएका छन् ।

प्रविधिको विकास भएपनि रेडियोको महत्व श्रोताका लागी अझै उस्तै भएकाले खोजमुलक सामग्री र विषयबस्तुलाई जोड दिनुपर्ने उनको भनाई थियो । दोस्रो चरणमा डिजिटल पत्रकारिता न्यु मिडिया विषयमा बहस भएको थियो । दुवै चरणमा पत्रकारिताकै बारेमा भएको छलफलले एउटा उर्जा थपेको छन् ।

कार्यक्रममा भएको दोहोरो सम्वादले गर्दा साच्चिकै पत्रकारिताको भविस्य, अवसर र चुनौतीका विषयलाई गहन अध्ययन गर्नुपर्ने अहिलेको आबश्यकता औल्याएको छ । कलेजका एकाडेमी कोर्डनिटर शरद गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कलेजका प्राध्यापक दुर्गालाल केसीले गरेका थिए ।कार्यक्रममा कलेजमा पत्रकारिता अध्ययनरत विद्यर्थाीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७ माघ १९ गते सोमवार
प्रतिक्रिया