जनताकाे काम गर्न नदिने तत्व पराजय हुन्छ : प्रम ओली

दाङ, १२ माघ / प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको काम गर्न नदिने तत्वलाई पराजय गर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले आइतबार दाङको राप्ती गाउँपालिकामा आयोजना गरेको जनसभालाई शम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुले काम गर्न नपाएपछि प्रतिनिधिसभा बिघटन गर्नु परेको स्मरण गर्दै काम गर्न नदिने अस्थिरता चाहनेलाई जनताले पराजय गर्नुपर्ने बताए । प्रधानमन्त्रीले भने,जनताको पक्षमा काम हुन थालेको देखेपछि आत्तिएर अवरोध गरिरहन थालेपछि प्रतिनिधिसभा विघटन गरिएको हो, अब निर्वाचनमा त्यस्ता कामै गर्न नदिने तत्वलाई छानी छानी दण्ड दिन्छन् जनताले ।

बर्तमान सरकार गरिवी हटाउने र विकास समृद्धिको पक्षमा रहेको भन्दै सरकारले जनताबाट राम्रो साझेदारी पाएको बताए ।  विकासको अभियानलाई कोभिडले पनि नछेकेको तर्क गर्दै प्रधानमन्त्री ओलीले नेपालमा कोभिडको खोप भित्रिसकेकोले १४ गते मंगलबारबाट देशभरका फ्रान्टलाइनरहरुलाई खोप लगाउने बताए ।  पर्सीबाट कोभिडको खोप लगाउन शुरु हुन्छ, चारलाख बढीले पहिलो चरणमा खोप पाउँछन, अग्रपङतीमा खट्नेहरुले पाउँछन । कोभिडले विकासको अभियानलाई अनुकलता नवनाए  पनि  पुर्ण प्रभावित नबनाएको उनकाे तर्क थियो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले केही व्यक्तिहरु बैठकमा नआएर चौतारी बसेर आफुलाई साधरण सदस्यबाट हटाएको सुन्दा हाँसो लागेको बताए ।  आफ्नो नेतृत्वको पार्टीमा आम जनताको समर्थन रहेको दाबी गर्दै प्रधानमन्त्री ओलीले केही व्यक्तिहरु पार्टी छाडेर गएपनि पार्टी एकढिक्का रहेको बताए ।

प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जानु उक्त विकल्प र आवश्यक रहेको भन्दै अदालतलाई धक्काउने काम कोही कसैले गर्नै नहुने बताए । उनले भने , अदालतमा मुद्धा हाल्न पाइन्छ तर स्वतन्त्र न्यायपालिकालाई कसैले धम्काउन पाउँदैन । यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेलले केही व्यक्तिहरुलाई प्रतिनिधिसभा विघटन आवश्यकताको आधारमा भएको भन्दै ताजा जनादेश अहिलेको आवश्यकता रहेको बताए ।

 

प्रकाशित मिति : २०७७ माघ १२ गते सोमवार
प्रतिक्रिया