प्रचण्ड–दहाल नेपाल समूहलाई गल्ती सच्याएर आउन प्रधानमन्त्री ओलीको आग्रह

तुलसीपुर, १२ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गल्तीलाई सच्याएर आउन प्रचण्ड–माधव नेपाल समूहलाई आग्रह गरेका छन् । दाङको देउखुरीमा भएको विशाल आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै नेताहरुलाई कारबाही नगरेकाले आफ्नो पक्षमा आउन आग्रह गरे ।
‘पार्टी फुटेको पनि छैन । तपाईहरुले जस्तो हामीले उसलाई कारबाही ग¥यौ । यसलाई कारबाही ग¥यौ । केपी ओलीलाई पार्टीबाट र साधारण सदस्य समेत नरहने गरी कारबाही ग¥यौ भनेका पनि छैनौ,’ प्रधानमन्त्री ओलीले भने –‘ तपाईहरु सच्चिएर आउनुस ।’

तोकिएको तीथि मितिमा चुनाव जसरी पनि हुने बताउदै शान्तीपूर्ण र भयरहीत वातारणमा निर्वाचन गराउनेगरी लाग्न सुरक्षाकर्मी र कर्मचारीलाई आग्रह गरे ।

प्रकाशित मिति : २०७७ माघ १२ गते सोमवार
प्रतिक्रिया