संसद विघटनले देशलाई ठूलो दुर्घटनाबाट जोगायो : केन्द्रीय सदस्य पाण्डे

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य घनश्याम पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर देशलाई ठूलो दुर्घटनाबाट जोगाएको बताएका छन् । देउखुरीमा सोमबार हुने कार्यक्रमका विषयमा जानकारी दिन रिपोर्टर्स क्लव तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पाण्डेले यस्तो बताएका हुन् ।

संघिय लोकतान्त्रीक गणतन्त्रलाई धरापमा पार्ने र सडयन्त्र पूर्ण तवरले राजसंस्थालाई ल्याउने चलखेल थाहा पाएरनै प्रधानमन्त्रीले संसद विघटन गरेको सदस्य पाण्डेले दाबी गरे ।

‘पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपीले २०१७ सालमा आफु विरुद्ध भएको सडयन्त्र थाहा नपाउँदा पदच्युत भएर ३० बर्ष पञ्चायती शासन भोग्नु प¥यो,’ सदस्य पाण्डेले भने– तर केपीले पहिल्यनै थाह पाएर संसद विघटन गर्दा संघिय लोकतन्त्र, गणतन्त्रलाई बचायो । यो बाध्यकारी र उपयुक्त कदम थियो । ’
लोकतन्त्रको सुन्दर पक्ष भनेको निर्वाचनमा जानु भएको बताउँदै सदस्य पाण्डेले सडकमा तिघ्रा उचाल्नु भन्दा जनताको घरघरमा गएर प्रचार गर्न दहाल–नेपाल समूहलाई आग्रह गरे । अन्तिम र उपयुक्त विकल्प भनेको जनता माझ नै जानु भएको बताउँदै उनले जनताले गरेको निर्णयलाई मान्नु पर्नेमा जोड दिए ।

प्रथम अध्यक्ष केपी भएकाले आधिकारीक पार्टी केपी समूहको भएको बताउँदै सदस्य पाण्डेले दहाल र नेपाल समूहले झुटको खेति गरेर जनतालाई भ्रम छर्ने काम गरिरहेको बताए ।  क्लवका अध्यक्ष शरद रेग्मीकाे अध्यक्षतामा भएकाे क्रार्यक्रममा भूमि सम्बन्धि समस्या समाधान अायाेगका केन्द्रीय सदस्य शाेभराम बस्नेत लगाएतले बाेलेका थिए । कार्यक्रमकाे सहजीकरण क्लवका महासचिव बिमल गाैतमले गरेका थिए ।

प्रकाशित मिति : २०७७ माघ ११ गते आइतवार
प्रतिक्रिया