केन्द्रीय सदस्य पाण्डे भने : निर्वाचनपछि माधव प्रचण्ड समुहको चुरीफुरी अन्त्य हुन्छ

तुलसीपुर , १० माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय सदस्य घनश्याम पाण्डेले आगामी निर्वाचन पश्चात माधव प्रचण्ड समुहको चुरीफुरी अन्त्य हुने वताएका छन् ।

निर्वाचित प्रधानमन्त्रीलाई काम गर्ने अवसर नदिएका कारण नयाँ जनमतका लागि संविधान अनुसार संसद विघटन गरिएको उनले वताए । रेडियो प्रकृतिसँगको विशेष संवाद कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पाण्डेले संसद विघटन नभएको भए मुलुक गम्भिर संकटमा पर्ने वताए ।

‘प्रधानमन्त्री केपि ओलीले समयमै परिस्थितिको आँकलन गरेर संसद विघटन गरेकाले हामी गम्भिर दुर्घटनाबाट जोगियौ’ उनले भने ।

प्रकाशित मिति : २०७७ माघ १० गते शनिवार
प्रतिक्रिया