दहाल–नेपाल समूहको युवासंघद्धारा तुलसीपुरमा मसाल जुलुस प्रदर्शन

फाइल फाेटाे

तुलसीपुर, ८ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दहाल–नेपाल समूहको राष्ट्रिय युवा संघ तुलसीपुरको अयोजनामा तुलसीपुरमा मसाल जुलुस निकालिएको छ । युवा संघका जिल्ला सहसंयोजक माधव बुढाथोकीको नेतृत्वमा बाहिनी चोकबाट सुरु भएको मसाल जुलुस वीपी चोकमा पुगेर कोणसभामा परिनत भएको थियो ।

संसद विघटनको विरोध स्वरुपमा पूर्वनिर्धारित कार्यक्रम अनुसार मसाल जुलुस निकालिएको आयोजकले बतएको छ । कोणसभालाई लुम्बिनी प्रदेश कमिटी सदस्य रामबहादुर दहित ( अन्जान) युवासंघका जिल्ला संयोजक प्रेम बुढा , युवासंघका जिल्ला इन्चार्ज सरोज पन्त, विद्यार्थी नेता प्रकाश शर्मा लगाएतले सम्बोधन गरेका थिए । मसाल जुलुसमा करिब दुई सयको सहभागिता रहेको आयोजकल ेदाबी गरेको छ । कार्यक्रम सँझ ६ बजे भएको थियो ।

प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार
प्रतिक्रिया