फेरि बस्यो केपी समूहको भेला तुलसीपुरमा !

तुलसीपुर, ७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी समूहको भेला पार्टी कार्यालय तुलसीपुरमा सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली दाङको देउखुरीमा आउने भएपछि त्यसको तयारीका लागि भेला बसेको जिल्ला कमिटी सदस्य धर्मराज वलीले जानकारी दिनुभयो ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले माघ १२ गते दाङको देउखुरीमा आयोजना गरिएको वृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

भेलाले तुलसीपुर उपमहानगरपालिका भित्रका १९ वटै वडामा प्रचार प्रसार तथा आर्थिक व्यवस्थापन समिति गठन गरेको छ ।
भेलाले गरेको निर्णय अनुसार उपमहानगरको १ नम्बर वडामा लक्ष्मण भण्डारी, २ मा विनोद शर्मा, ३ मा लोक बहादुर केसी, ४ मा ध्रुव राना, ५ मा पदम पोख्रेल (जेठुकान्छु) ६ मा दुजमान भण्डारी,(बर्षात) ७ मा डिल्ली बहादुर भण्डारी, ८ मा टोप बहादुर ओली, ९ मा हस्त जिएम, १० मा आत्मराम धिताल, ११ मा मानबहादुर रावत, १२ मा सुर्यबहादुर डाँगी –श्याम), १३ मा हुमबहादुर विक, १४मा लक्ष्मण शर्मा, १५मा लक्ष्मण चौधरी, १६ मा लोक बहादुर ओली, १७ मा भोजराज ओली, १८ मा माधव ओली, र १९ मा प्रेम योगीलाई संयोजकको जिम्मेवारी दिइएको छ ।
समितिले वृहत आमसभामा जनता उर्तानका लागि प्रचार प्रसार गर्ने कार्यक्रममा सहभागीतका लागि बसको व्यवस्था गर्नका लागि आर्थिक संकलन गर्ने छ ।

नगर सचिव माधव ओलीको अध्यक्षतामा भएको तयारी भेलामा नेकपा केन्द्रीय सदस्य शोभाराम बस्नेतले केपीले नेतृत्व गरेको नेकपा सहि दिशामा अगाडी बढेकाले विचलित र चिन्तीत नहुन कार्यकर्तालाई आग्रह गरेका छन् । आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारलाई ढाल्न खोजेर प्रचण्ड र माधवले देशमा कुन लोकतन्त्र ल्याउन खोजेका हुन् त्यो कुरा आफुले अहिलेसम्म बुझन नसकेको भन्दै सदस्य बस्नेतले अर्कालाई सिध्याउछु भन्दा आफै सकिने काम गरेको टिप्पणी गरे ।

कार्यक्रममा अर्का केन्द्रीय सदस्य घनश्याम पाण्डेले केपी ओली नेतृत्वको नेकपा अघि बढेकाले अव पछाडी पर्किने कुनै सम्भावना नरहेको बताउनुभयो । केन्द्रीय सदस्य पाण्डेले दहाल –नेपाल समूहमा लागेकालाई समयमै मुल पार्टीमा फर्किन आग्रह गरे ।

प्रकाशित मिति : २०७७ माघ ७ गते बुधवार
प्रतिक्रिया