माधव नेपालले भने : केपी ओली मूर्ख शासक हुन्

तुलसीपुर, ३ माघ । नेकपा दहाल नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मूर्ख शासकको संज्ञा दिएका छन् । दाङको तुलसीपुरमा भएको जिल्ला स्तरीय अगुवा कार्यकर्ता तथा वृहत राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने ‘आफु बसेको कुर्सी पनि भाँचिदिन्छु भन्ने, घरमा भाँडभैलो मच्चाउने, संविधान माथि कू गर्ने , कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने भएकाले उनि मुर्ख शासक हुन् ।’

भेट हुने जतिलाई केपी गुटको केन्द्रीय सदस्य बनाईदिने भएकाले बिबेकशिल मान्छे बालुवाटारको बाटो हिड्न छोडेको भन्दै अध्यक्ष नेपालले काटाक्ष गरे ।

दाङ जिल्ला कमिटीका अध्यक्ष टिकाराम खड्काको अध्यक्षतमा भएको कार्यक्रममा प्रवक्ता नारायणकाजी श्रेष्ठ, लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञावली, स्थायी कमिटी सदस्य कृष्ण बहादुर महरा, बर्षमान पुन, ओनसरी घर्ती, विघटीत संघीय संसदका सदस्य हिराचन्द्रकेसी लगाएते बोलेका थिए । कार्यक्रमको संचालन पार्टी सचिव सुवाश पुनले गरेका थिए ।

प्रकाशित मिति : २०७७ माघ ३ गते शनिवार
प्रतिक्रिया