सिलिण्डर ग्यास लिक भएर आगलागि हुँदा श्रीमान श्रीमती घाइते

तुलसीपुर, १ माघ । तुलसीपुरको वन कट्टामा ग्यास सिलिण्डर लिक भएर आगलागि हुँदा श्रीमान श्रीमती गम्भिर घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ वनकट्टा निबासी ४० बर्षका बसन्त वली र उनकी श्रीमती ३५ बर्षकी गिता वली रहेको पिडितका आफन्त होमबहादुर बस्नेतले जानकारी दिएका छन् ।

घाइते दुबै जनालाई राप्ती लाइफ केयर हस्पिटलमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमान्डौ लगिएको छ । कुखुराका बच्चा निकाल्नका लागि तापक्रम दिनका लागि ग्यास बाल्ने क्रममा लिक भएको ग्यास आगलागी हुँदा पाँच सय कुखुरा  समेत जलेर नष्ट भएका छन् ।

प्रकाशित मिति : २०७७ माघ १ गते बिहिवार
प्रतिक्रिया