मुलुकले ओलीको भार धेरै बोकिराख्न सक्दैनःअध्यक्ष नेपाल

काठमाण्डौ, १ माघ । नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले मुलुकले केपीशर्मा ओलीको भार धेरै बोकि राख्न नसक्ने बताए । विभिन्न अध्यादेश देखि संसद् विघटनसम्मका गतिविधि र ३ वर्षको कार्यकालको समीक्षागर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीओलीलाई विश्राम लिन सुझाब दिए ।

ओलीलाई थप कारबाहीगर्नुपर्ने अवस्था आएको पनि नेपालको भनाई छ । नेपाल बुद्धिजीवी संगठनले विहिवार गरेको ‘प्रतिनिधिसभा विघटन :प्रतिगामी कदम’विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओली नेकपाको केन्द्रीय सदस्य कायमै रहेको बताउँदै नेपालले, उनको गतिविधि हेर्दा थप कारबाही गर्नुपर्ने देखिएको बताए ।

प्रकाशित मिति : २०७७ माघ १ गते बिहिवार
प्रतिक्रिया