निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगलाई प्रचण्ड–माधव समुहको आग्रह

काठमाण्डौ, २७ पुष । नेकपा प्रचण्ड–माधव समूहले निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । सर्वोच्चमा मुद्धा विचाराधीन रहेकाले निर्वाचनको प्रक्रिया रोक्नमाग गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहितकाशीर्ष नेताहरु आयोगमा पुगेका छन् ।

अवैधानिक प्रधानमन्त्रीले असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेको मुद्दा सर्वोच्चमा विचाराधीन भएको बेलानिर्वाचन प्रक्रिया अगाडि बढाउनु अदालतलाई दबावदिनु वा अवज्ञा गर्नु जस्तै भएको प्रचण्ड – माधब समुहका नेताहरुले बताएका छन् ।

आयोगका पदाधिकारीहरुले भने मतदाता नामावली संकलन रोकेर मतदान केन्द्र निर्धारणको काम मात्र भएको जवाप दिएका छन् ।  प्रधानमन्त्री केपीशर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेका छन् । तर संसद विघटन असंवैधानिक भएको भन्दै एक दर्जन रिट परेको छ र यो मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

प्रकाशित मिति : २०७७ पुष २७ गते सोमवार
प्रतिक्रिया